भक्तपुरमा बजार अनुगमन तिव्र, अधिकांश म्याद नाघेका सामानहरु जफत गरी नष्ट

0
240

असोज २५ गते, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंह, सूर्यमढी, इनाचो र सुकुलढोकामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको सामानहरु धेरै भेटाएकोले जफत गरी नष्ट गरेको संयोजक गोराले बताउनुभयो ।


अनुगमनमा नमस्ते किराना स्टोरमा पसल नविकरण गर्न, प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र म्याद नाघेको सामानहरु करेन्ट चाउचाउ तीन पाकेट भएको ७ पाकेट, अरिमा भटमास ११ पाकेट, अरिमा दालमोठ ६ पाकेट, राज आलुचिप्स २ पाकेट, मेहक चिया मसला ३ पाकेट, बिएमसि चाना मसला ६ पाकेट, डिप्सन कर्न फ्लाओर ८ पाकेट, अरिमा बदाम ११ पाकेट, सुगर क्रेकर विस्कुट ४ पाकेट, ब्याट चिट पापड ९ पाकेट, बाबरी पापड ७ पाकेट, गुग्ली बिस्कुट ८ पाकेट, स्पर्श कुकिज बिस्कुट १३ पाकेट, मुगि दालमोठ १६ पाकेट, सानो पापड ५ पाकेट, सुगर फ्रि सोना पापड १३ पाकेट, टु पि एम चाउचाउ १८ पाकेट, सिएमसि सिन्ची ६ पाकेट, चोकोस ठूलो पाकेट ५ पाकेट, सफला सुप ६ पाकेट, डिप्सन ब्रेडक्रम्ब ४ पाकेट, केलोजी कर्नफ्क्लेस् ठूलो २ पाकेट, विकानेरी भुजिया २ पाकेट, गोकुल ध्यू २ वटा, बेकिड्ड सोडा १९ बट्टा, ड्रिकिड्ड चकलेट १९ वटा, ब्रेड कर्न ३ पाकेट जफत गरी नष्ट गरीयो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।


सुनगाभा स्टोर नविकरण गर्न र म्याद नाघेको सामानहरु सुगर फ्रि मारि बिस्कुट ३ पाकेट, स्टिड्ड ६ वटा, फिजि ३ वटा, फाण्टा १ वटा, बिएमसी मिर्चि ३ पाकेट, स्पर्श पिनट बिस्कुट ३१ पाकेट, रिच मारी विस्कुट ८ पाकेट, शक्ति ध्यू ४ वटा, मारि बिस्कुट १ पाकेट, भारत पापड ६ पाकेट, आमा चामल पिठो १ पाकेट, सगरमाथा आलु चिप्स ३ पाकेट, लेकाली फापरको पिठो ४ पाकेट, शंशाक बदाम ८ पाकेट, नेचर दालमोठ १ पाकेट, बिएमसि करि मसला ११ पाकेट, बिएमसि मिट १२ पाकेट, बिएमसि मःम ५ पाकेट, पानी पुरी मसला ३ पाकेट, इन्स्टाड ईष्ट ६ वटा, निस हेयर कलर ६ पाकेट जफत गरी नष्ट गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
भिमसेन खाद्य स्टोर नविकरण गर्न, साइनबोर्ड राख्न, मुल्य सुचि व्यवस्थित गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दियो । शाख मार्ट प्रा.लि. नविकरण गर्न र पसल राम्रो र व्यवस्थित संचालन भएकोलाई निरन्तरता दिन निर्देशन दियो ।


अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बिनोद धिताल, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका मिना भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here