मेलमिलापकर्ता भनेको के हो ?
द्वन्द्वरत दुवै पक्षलाई सहजीकरण गर्न सक्ने क्षमतावान्, नैतिकवान्, तडकभडकरहित, नम्र स्वभावको दुवै पक्षलाई न्याय दिनसक्ने, अन्याय हुन नदिने बुद्धिमता, दुवै पक्षले विश्वास गरेको तालिम प्राप्त गरेको, नगरपालिका वा गाउँपालिकामा सूचीकृत भएको निडर, साहसी, दुःख, पीडा, पीर, मर्का बुझेको, निष्पक्ष भएर काम गर्ने, वडाबाट नियुक्त मेलमिलापकर्ता हुन्छन् र फाटेको मन सिलाउने, भूतभन्दा भविष्यलाई ध्यान दिने सहजकर्तालाई मेलमिलापकर्ता भनिन्छ । जो मेहनती, परिश्रमी, लचकदार, कसैलाई पनि भ्रम नपार्ने व्यक्ति मेलमिलाकर्ता हुन्छन् भने तालिम नलिएको व्यक्ति मेलमिलाप कर्ता हुन पाउँदैन । चुनौतिको सामना गर्न सक्ने, दुबै पक्षको कुरा सुन्ने मानिस र मेलमिलाप गराउन दक्ष भएको, मेलमिलाप गराउने नयाँ ढाँचा अनुसूची–४ मेलमिलापको लिखतको ढाँचा, मेलमिलाप सम्बन्धी नियमावाली–२०७० को अनुसूची–९ सँग सम्बन्धित लिखत लेख्न जान्ने मानिस मात्र मेलमिलापकर्ता हुन पाउँछ ।
यस्ताे छ ६९ जना मेलमिलापकर्ताहरुको सूची





















