दत्तात्रयमा बाली उपचार स्वास्थ्य शिविर आज दिउँसो २ बजेसम्म हुने

0
337

भाद्र ३, भक्तपुर नगरपालिकाको आयोजनामा कृषकहरुको लागि बालि स्वास्थ्य शिविर कार्यक्रमको दोस्रो दिन भक्तपुर नगरपालिका वडा न ९ स्थित दत्तात्रयमा भैरहेको छ । वडा ६ देखि १० वडा सम्मका किसानहरुको लागि लक्षित गरि भनपाले जनचेतनामुलक शिविर संचालन गरेको गरेको जनाइएको छ ।


कार्यक्रममा प्रमुख अतिथि तथा वडा न ३ का वडा अध्यक्ष  राजकृष्ण गोराले वातावरण परिवर्तनका कारण मौसमि प्रभावले हरेक वर्ष तरकारी बालि तथा धानबालीमा रोग लागेको किसानहरुको गुनासो आएपछि किसानको जिज्ञासा र माग अनुसार कृषि प्राबिधिकको सहयोगमा नगरपालिकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगरपालिकाले किसानको लागि कृषि चुन वितरण, विउ विजन वितरण, कृषि तालिम, प्राङ्गारिक तालिम दिदै आइरहेको बताउदै उहाँले कृषि उत्पादन घटिरहेकोले बजार भाउ महङ्गो तथा कालाबजार भएको र सरकारमा रहेका पार्टीले किसानको समस्या नबुझेको कारण किसानहरु मर्कामा परेको बताउनुभयो ।


वडा न ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले बाली स्वास्थ्य उपचार शिविर जनचेतनामुलक शिविर रहेको जानकारी दिनुहुदै बोट बिरुवामा रोग लागेको खण्डमा बाली शिविरमा प्राबिधिकलाई देखाउन ल्याउन अनुरोध गर्नुभयो ।


कृषि  समितिका सदस्य गोविन्द दुवालले  कामदार वर्गको हितमा राखि देश र जनताको लागि भक्तपुर नगरपालिकाले त्यस अनुसार  काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा बाली बिज्ञान संकायका संयोजक तथा कृषि विशेषज्ञ प्रविन सिन्ताकलले नगरपालिकाले पहिलो पटक नगरपालिकाले  आयोजना गरिएको बाली उपचार शिबिर सर्‍हानिय भएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर प्याथ र कृषि समितिका सदस्य गङगाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here