भाद्र २, अन्तराष्ट्रिय युवा दिवस तथा सर्वहारा वर्गका महान नेता का. फिडेल क्याष्ट्रोको जन्म दिवसको अवसरमा भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
वडामा रहेका ८ वटा विद्यालयका २९ जना विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागीता जनाएका थिए । उक्त प्रतियोगितामा पारागनका एन्जेल खड्का प्रथम, जेन्युइनका आभा याकामी द्धितीय, स्कलर होमका रंजिता चित्रकार तृतीय र माउण्ट भ्यालीका अंकिता श्रेष्ठ सान्त्वना हुन सफल भएका थिए ।
कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनकवि चन्द्र बहादुर उलकले पनि बोल्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















