५ वडा स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न, त्रिपुरासुन्दरी युवा समूह प्रथम

0
52
५ वडा स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न, त्रिपुरासुन्दरी युवा समूह प्रथम


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ५ स्थित श्री चण्डेश्वरी मचा खलःको आयोजनामा सञ्चालित ५ वडा स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
कार्यक्रमको समापन कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक चण्डेश्वरी मचा खलःलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो। भक्तपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले युवाहरू खेलकुदमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी समापन कार्यक्रममा खलःका अध्यक्ष विजयराम माकले संस्थाले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गरेको बताउनुभयो। निकट भविष्यमा खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण टिम, खेलाडी तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने, स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान गर्ने तथा विभिन्न संघसंस्था र क्लबबीच आपसी मित्रता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
आइतबार हेल्डी फुटसल, कालाचामा आयोजित प्रतियोगितामा त्रिपुरासुन्दरी युवा समूह प्रथम भएको छ।
प्रतियोगितामा श्री चण्डेश्वरी मचा खलः दोस्रो, नवप्रतिभा विद्यार्थी मञ्च तेस्रो र टौमढी युथ क्लब चौथो भएका छन्।
प्रतियोगितामा डिजेन ख्वालापाला उत्कृष्ट खेलाडी (Best Player), रुकेश माक उत्कृष्ट गोलरक्षक (Best Keeper) र क्रिजल श्रेष्ठ सर्वाधिक गोलकर्ता (Highest Scorer) घोषित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here