भक्तपुर, श्रावण ८ । आधारभूत विद्यालय समितिको आयोजनामा श्री जनसेवा आधारभूत विद्यालय, भक्तपुर नगरपालिका–४, मङ्गलाछेमा “गणितीय सोच, समस्या समाधान हाम्रो लक्ष्य, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ गणितीय दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम आधारभूत विद्यालय समितिका अध्यक्ष श्री कृष्णगोपाल आचार्य को सभापतित्वमा सम्पन्न भएको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले गणितीय ज्ञान, तार्किक सोच, छिटो निर्णय गर्ने क्षमता तथा समूहगत सहकार्य प्रदर्शन गर्दै स्वस्थ प्रतिस्पर्धामा सहभागी भएका थिए।
प्रतियोगिताले विद्यार्थीहरूमा गणितप्रति रुचि अभिवृद्धि गर्नुका साथै समस्या समाधान गर्ने सीप, आत्मविश्वास र सिर्जनात्मक सोचको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको जनसेवा आधारभूत विद्यालयका प्रद्यानाध्यापक कृष्णप्यारी दुवालले बताउनुभयो।
यस प्रकारको गणितीय दौड प्रतियोगिताले विद्यार्थीहरूमा गणितप्रति रुचि, जिज्ञासा र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै तार्किक सोच, छिटो निर्णय गर्ने क्षमता तथा समस्या समाधान गर्ने सीपको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
प्रतियोगितामार्फत विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना, अनुशासन, समय व्यवस्थापन, सहकार्य तथा नेतृत्व क्षमताको समेत विकास हुने भएकोले यस्ता कार्यक्रम निरन्तर सचालन गर्नुपर्ने विद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र माकले बताउनुभयो हुन्छ।
यस्ता सिर्जनात्मक तथा सिकाइमुखी कार्यक्रमले विद्यालयबीच आपसी सम्बन्ध सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न सहयोग पुर्याउँछन्। साथै विद्यार्थीहरूमा गणित विषयप्रतिको डर हटाई सिकाइलाई थप रमाइलो, व्यवहारिक र प्रभावकारी बनाउने महत्त्वपूर्ण माध्यमका रूपमा यस्ता प्रतियोगिताहरू स्थापित हुने आयोजको भनाइ रहेको छ।
प्रतियोगितामा कक्षा १–३, कक्षा ४–५ तथा निम्न माध्यमिक तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कक्षा १–३ तर्फ छात्र १८ जना र छात्रा १५ जना गरी ३३ जना, कक्षा ४–५ तर्फ छात्र १५ जना र छात्रा १२ जना गरी २७ जना तथा निम्न माध्यमिक तहतर्फ छात्र १० जना र छात्रा ९ जना गरी १९ जना विद्यार्थी सहभागी भएका थिए।
यसरी प्रतियोगितामा विभिन्न विद्यालयका कुल ७९ जना विद्यार्थी सहभागी भई आफ्नो गणितीय क्षमता, तार्किक सोच, समस्या समाधान गर्ने सीप तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना प्रदर्शन गरेका थिए।
कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण विद्यालय परिवार, शिक्षक, कर्मचारी, अभिभावक तथा सहभागी विद्यार्थीहरूलाई धन्यवाद र बिजयी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको कार्यक्रम शिक्षक जीवन सुवालले संचालन गरेको थियो।


















