भक्तपुर, चैत १ — “हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित विश्व क्षयरोग दिवस २०२६ को अवसरमा भक्तपुरमा क्षयरोगका सम्भावित बिरामीहरू खोजपड्ताल गर्ने एआई एक्स–रे शिविर आयोजना गरिएको छ।
जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा तथा भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र ख्वप अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। शिविर भक्तपुर नगरपालिका वडा नं. ९ को समन्वयमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र, तुमचो भक्तपुरमा सञ्चालन गरिएको थियो।
शिविरमा फोक्सोसम्बन्धी रोगको परीक्षणका लागि ३२२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये ३६ जनाको खकार परीक्षण गरिएकोमा ८ जनामा क्षयरोगको जीवाणु पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। पुष्टि भएका बिरामीहरूको तत्काल उपचार प्रक्रिया सुरु गरिएको पनि जानकारी दिइएको छ।
विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरमा एआई एक्स–रे शिविर, ८ जनामा क्षयरोग पुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1


















