दिक्षा (गौरी) हाडा स्मृति पुरस्कार सजल महर्जनलाई प्रदान

0
134


काठमाडौं । दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको बोर्ड बैठकको निर्णयअनुसार यस वर्षदेखि इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसमा “दिक्षा (गौरी) हाडा स्मृति पुरस्कार” स्थापना गरिएको छ।
क्याम्पसको ६०औँ वार्षिकोत्सवको अवसर पारेर २०८२ फागुन २९ गते आयोजित कार्यक्रममा आर्किटेक्चर स्नातक तह २०७६ ब्याचबाट अध्ययन पूरा गरी उत्कृष्ट अंक ल्याउने विद्यार्थी सजल महर्जनलाई कदरपत्रसहित रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल र प्रतिष्ठानका कोषाध्यक्ष विनयराम माथेमाको हातबाट सो पुरस्कार प्रदान गरिएको थियो।
दिक्षा हाडाले ख्वप इन्जिनियरिङ कलेजमा आर्किटेक्चर विषयमा पहिलो वर्षसम्म अध्ययन गरेकी थिइन्। पहिलो वर्षको पहिलो सेमेस्टरमा उत्कृष्ट अंक ल्याए पनि उनले बाँकी अध्ययन अगाडि बढाउन नसकेका कारण उनको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको बताइएको छ।
कार्यक्रममा प्रतिष्ठानका सचिव लक्ष्मण पलिखेलले पुरस्कार प्राप्त गर्ने सजल महर्जनलाई बधाई ज्ञापन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा. दीपक अर्याल तथा क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले विद्यार्थीलाई उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेको भन्दै प्रतिष्ठानलाई धन्यवादसहित कदरपत्र प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here