मुख्य बजारका पसलमा नमूना अनुसारको छत राख्न भक्तपुर नगरपालिकाको आग्रह

0
333

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका मुख्य बजारका पसलहरूमा एकरूपता कायम गर्न नमूना अनुसारको छत राख्न सम्बन्धित सरोकारवालालाई सूचना जारी गरेको छ।
नगरपालिकाका अनुसार च्याम्हासिंहदेखि भार्वाचोसम्म तथा इताछेंदेखि खौमा हुँदै साकोठासम्मको मुख्य बजार क्षेत्रमा रहेका पसलहरूमा बढीमा २ फिट चौडाइको छत नगरपालिकाले तयार गरेको नमूना अनुसार राख्नुपर्नेछ।
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक मौलिकता संरक्षण गर्दै नगरलाई सफा र सुन्दर बनाउने उद्देश्यले स्थानीयसँगको छलफल र सुझावका आधारमा यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। छत राख्दा सम्बन्धित वडा कार्यालयसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here