अबदेखि बजारमा आधा सिलिन्डरको ग्यास

0
198

काठमाडौँ, २८ फागुन । आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डरको दरमा खाना पकाउने एलपी ग्यास बजार पठाउने भएको छ ।
बजारमा ग्यास अभाव हुने देखिएपछि बिहीबार बसेको निगमको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मकोे लागि निगमले प्रतिसिलिन्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने बताएको छ । उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ ।
बिहीबारदेखि नै काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा एलपी (खाना पकाउने) ग्यास लिन जानेहरूको लामो लाइन देखिन थालेको छ ।
निगमले बजारमा ग्यास अभाव नरहेको बताउँदै आएपनि करिब दुई÷तीन महिनादेखि नै सर्वसाधारणले ग्यासको लागि सङ्घर्ष गरिरहेका छन् । निगमले दुई÷तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्चले बढेको र आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो निर्णय गरेको पनि बताएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here