भक्तपुर, । सूर्यविनायक नगरपालिकाले प्रहरीको सेवा तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरी वृत्त जगातीलाई एकथान गाडी उपलब्ध गराएको छ।
नगरपालिकाका मेयर बासुदेव थापाले नगरपालिकाको तर्फबाट प्रहरी वृत्त जगातीलाई टाटा मोटर्सको गाडी हस्तान्तरण गर्नुभएको हो। भ्याटसहित उक्त गाडीको कुल मूल्य रु. ४२ लाख ९० हजार रहेको बताइएको छ।
नगरपालिकाका अनुसार स्थानीय स्तरमा शान्ति–सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन तथा प्रहरीको कार्यसम्पादनलाई सहज बनाउने उद्देश्यले गाडी उपलब्ध गराइएको हो।
गाडी हस्तान्तरण कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाध्यक्षहरू सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रवीन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला लम्साल बस्नेत, सुमन परियार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले स्थानीय तह र प्रहरीबीचको सहकार्यले नागरिकको सुरक्षा र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।


















