देश र जनताको हितका लागि सडकबाट संघर्ष गर्ने: नेमकिपा

0
357

भक्तपुर, २४ फागुन — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले हालै सम्पन्न निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘मादल’ मा मतदान गरी विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ।
पार्टीका सचिव प्रेम सुवाल द्वारा जारी प्रेस वक्तव्यमा पूँजीवादी संसदीय निर्वाचनबाट समाजवाद आउन नसक्ने उल्लेख गर्दै पनि देश र जनताको हितका लागि नेमकिपा निरन्तर संघर्षरत रहेको बताइएको छ।
वक्तव्यमा फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीप्रति विश्वास व्यक्त गर्दै अमूल्य मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गरिएको छ। साथै, पार्टीले निर्वाचन परिणामबारे समीक्षा गर्ने जनाएको छ।
नेमकिपाले देशको स्वाधीनता र जनताको हितका लागि कार्य गर्ने निर्वाचनमा विजयी भएका सबै उम्मेदवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
पार्टीले आगामी दिनहरूमा पनि देशको सार्वभौमिकता र जनताको सर्वोपरि हितका लागि सरकारलाई खबरदारी गर्दै देश र जनताको निस्वार्थ सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here