भक्तपुर, फागुन ५ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भवन राम्रा र ठूलो हुँदैमा र चर्को शुल्कले शिक्षाको गुणस्तर राम्रो नहुने बताउनुभयो ।
भक्तपुरको भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालय र निजी विद्यालयलको शैक्षिक गुणस्तरमा समानता भए सार्वजनिक विद्यालयहरुमा विद्यार्थी संख्या उत्साहजनक रहने उदाहरण भक्तपुरका विद्यालयहरुले प्रस्तुत गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरुको तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले गणेश माविको सफलतामा योग्य शिक्षक, अनुशासित विद्यार्थी र सहयोगी अभिभावकहरुको संयुक्त पहल र हातेमालो रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई सानै उमेरदेखि परिश्रम गर्न सिकाउनुपर्छ भन्दै विद्यालय तह राम्रो भयो भने भविष्यको जग पनि मजबुत हुने बताउनुभयो ।
विद्यार्थीहरुमा ढाट्ने, चोर्ने बानीहरुलाई शिक्षकहरुले समयमै सम्झाईबुझाई गरी सही दिशातर्फ दो¥याउनु शिक्षकहरुको दायित्व र कर्तव्य भएको बताउँदै उहाँले शिक्षकहरुको आदेश र निर्देशन पालनामा विद्यार्थीहरुले जोड दिनुपर्छ भन्नुभयो ।
प्रम्ुख प्रजापतिले विद्यालय नागरिकलाई शिक्षित बनाउने थलो मात्र नभई सभ्य, सुसंस्कृत र अनुशासित बनाउने थलो पनि हो भन्दै उहाँले विद्यालय शिक्षा सबल, सफल र प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयको स्थापनाकालदेखि स्थानीय जनताबाट आर्थिक, भौतिक सहयोग प्राप्त भएको इतिहासको स्मरण गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई अझ प्रगतिउन्मुख बाटोतिर दो¥याउन प्रयासरत रहेको बताउनुभयो ।
उहाँले विद्यालको शैक्षिक, भौतिक अवस्थाबारे प्रष्ट पार्दै हाल उक्त विद्यालयमा ७०० भन्दा बढी विद्यार्थी अध्ययन रहेको र विद्यालयको विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब व्यवस्थित रुपमा सञ्चालन भइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य कृष्णबहादुर दुगुजू, नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुँयाल, विद्यालयका सहायक प्रअ लक्ष्मीसुन्दर सुवाल र विद्यार्थी प्रतिनिधिले पनि बोल्नुभयो ।
वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि प्रजापतिले विद्यार्थीहरुलाई पुरस्कार विरतण गर्नुभयो भने औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती देखाएका थिए ।
भवन राम्रा र ठूलो हुँदैमा शिक्षाको गुणस्तर राम्रो नहुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















