उदय साकोस को ३० औं स्थापना दिवसको अवसरमा तालिम 

0
126
उदय साकोस को ३० औं स्थापना दिवसको अवसरमा तालिम 

भक्तपुर, फागुन २। लिवालिवी स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना दिवसको अवसरमा शुक्रबार वासिन मेसिनको सोडा बनाउने तालिम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले समुदायमा आधारित सहकारी संस्था हुँदा समुदायको हितका लागि समुदाय लक्षित तालिमको रूपमा वासिन मेसिनको सोडा बनाउने तालिम संचालन बताउनुभयो ।

तालिमका प्रशिक्षक रमिता चाैगुठीले तालिममा सिकेको सीप प्रयोग गर्दा बजारमा पाइने महंगो वासिन मेसिनको सोडाबाट छुटकारा पाई घरेलु तथा सस्तो रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । संस्थाको महिला उपसमितिका संयोजक दयालक्ष्मी प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो । संस्थाको व्यवस्थापक पूण्यराम गोसाईले फागुन ९ गते पाठेघर तथा स्तन सम्बन्धी स्वास्थ्य परिक्षण संस्थाको प्रांगणमा तथा १७ गते स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम च्याम्हासिह चोकमा हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here