कमलबिनायकका औषधि पसलमा अनुगमन, म्याद नाघेका औषधि जफत तथा नष्ट

0
183

भक्तपुर, माघ २९ भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक क्षेत्रमा सञ्चालनमा रहेका ६ वटा औषधि पसलमा बिहीबार अनुगमन गरिएको छ। अनुगमनका क्रममा विभिन्न पसलमा म्याद नाघेका औषधि फेला परेपछि जफत गरी नष्ट गरिएको संयोजक गोराले जानकारी दिनुभयो।

हेलो जनस्वास्थ्य फर्मा प्यान र औषधि विभागमा दर्ता भएको नाम तथा नगरपालिकामा दर्ता भएको नाम फरक फरक रहेको पाइएकोले एउटै नाममा दर्ता तथा नविकरण गर्न निर्देशन दिइएको छ। साथै फ्रिजमा औषधि कम्पार्टमेन्ट अनुसार व्यवस्थित राख्न, नारकोटिक औषधि प्रिस्क्रिप्सनको फोटोकपी लिएर मात्र बिक्री वितरण गर्न र म्याद नाघेको ‘केसिट्रल–१’ जफत गरी नष्ट गरिएको छ।

कमलबिनायक फर्मालाई तीन दिनभित्र नविकरण गर्न, नयाँ फ्रिजिङ सिस्टम अनुसार तापक्रम मिलाई औषधि व्यवस्थित राख्न तथा तीन महिनाअघि देखि म्याद नाघेका औषधि व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

यातु औषधि पसललाई पनि तीन दिनभित्र नविकरण गर्न, आवश्यक कागजात पसलमै राख्न र म्याद नाघेका इन्सुलिन डिग्लुडेक तथा हेरिगार्ड जफत गरी नष्ट गरिएको छ।

विनायक फर्मामा म्याद नाघेका फर्मिड्ड, जुफेक्स, ओभिरोन, जेलर, गावापेन्टिन, टोर्सेनाइड, नाप्रोबेस्ट, कोल्सिडोल, ड्रोस्पान, इटोमाक्स, ओरिन्जोल, अपिहिस्त, कोम्प्लिविट गार्ड, रेसिल्ड र फोस्कल लगायतका औषधि जफत गरी नष्ट गरिएको छ। उक्त फर्मालाई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ।

खोपे फार्मेसी क्लिनिक प्रा.लि.मा ओमेप्राज, फ्लोरलिना, पामाकेयर, निम फेसवास, ओसिआ, सान्टुर र पिएमएस लगायत म्याद नाघेका औषधि जफत गरी नष्ट गरिएको छ। साथै २०७९/०८० पछि नविकरण नगरेको पाइएकाले तीन दिनभित्र नविकरण गर्न निर्देशन दिइएको छ।

कमलबिनायक पोलि क्लिनिक प्रा.लि.ले पनि २०७९/०८० पछि नविकरण नगरेको पाइएकाले तीन दिनभित्र नविकरण गर्न र नयाँ फ्रिजिङ सिस्टम अनुसार औषधि व्यवस्थित गर्न निर्देशन दिइएको छ।

अनुगमनमा अनुगमन समितिका सदस्य एवं वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, रिता फसिकवा, भक्तपुर नगरपालिकाका सेनिटेशन शाखाका नायब निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला तथा ख्वप अस्पतालका सृजना बासुकलाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here