दुधपाटीका औषधि पसलमा भनपाको अनुगमन, म्याद नाघेका औषधि व्यवस्थापनमा कडाइ

0
158

भक्तपुर, माघ २८। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटी क्षेत्रका विभिन्न औषधि पसलहरूमा बुधबार अनुगमन गरिएको छ।
अनुगमनका क्रममा संयोजक गोराले फार्मेसिष्ट वा औषधि व्यवस्था विभागबाट ओरिन्टेशन पास गरी अनुमति प्राप्त व्यक्तिले मात्र औषधि बिक्री–वितरण गर्न पाउने स्पष्ट पार्नुभयो। उहाँले औषधि पसलहरूले समयमै दर्ता नवीकरण गर्नुपर्ने, सरसफाइमा विशेष ध्यान दिनुपर्ने तथा म्याद नाघेका औषधिहरू छुट्टै स्थानमा सुरक्षित रूपमा भण्डारण गर्नुपर्ने निर्देशन दिनुभयो।
त्यसैगरी, औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेका पसलहरूले तत्काल नवीकरण प्रक्रिया पूरा गर्नुपर्ने बताउँदै संयोजक गोराले नियम विपरीत कार्य नगर्न सचेत गराउनुभयो। अनुगमनका क्रममा अधिकांश पसलहरूले लागुऔषधिको रूपमा प्रयोग हुने नार्कोटिक औषधिहरू बिक्री–वितरण नगरेको र त्यस्ता औषधि माग गर्ने ग्राहकलाई अस्पताल पठाउने गरेको जानकारी दिएको पनि उहाँले बताउनुभयो।
वडानिरिक्षक रामकृष्ण प्रजापतिका अनुसार शास्वतक फर्मेसी, कार्यविनायक फार्मेसी, प्राइम डेण्टल क्लिनिक, भिग्नेश्वर फार्मेसी, न्यातापोल फार्मेसी, आरभी एण्ड मुस्कान मेडिकल हल, संस्कृता फार्मेसी, डोलेश्वर फार्मेसी, नःपुखु फर्मेसी, समृद्धि फार्मेसी र बाराही फार्मेसीमा अनुगमन गरिएको थियो।
अनुगमनमा अनुगमन समितिका सदस्य तथा वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, रिता फसिकवा, भक्तपुर नगरपालिकाका श्यानिटेशन नायब निरीक्षक दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज खत्री, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला तथा ख्वप अस्पतालकी सृजना बासुकलाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here