भक्तपुर, माघ १७ ।
भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित ज्ञानकुँञ्ज जलेश्वर भजन खलःको प्रथम वार्षिक साधारणसभा वनभोज कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
सभा भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यमा तथा ज्ञानकुँञ्ज टोल सुधार समितिका अध्यक्ष एवं आयोजक भजन खलः संरक्षक समितिका सभयोजक कृष्णप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न भएको हो।
साधारणसभाले आगामी कार्यकालका लागि ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। चयनअनुसार मैयाँ वयँजु अध्यक्ष, हरिगोपाल दुवाल उपाध्यक्ष, लालबहादुर मगर सचिव, प्रमोद यादव सहसचिव, जयराम त्वाती कोषाध्यक्ष तथा सिता लक्ष्मी किलम्बु र रजनी किलम्बु सदस्य चयन हुनुभएको छ। त्यसैगरी संरक्षकद्वयमा कृष्णप्रसाद दुमरु र राजन कोजु चयन हुनु भएको छ भने नकिंमा पूर्ण लक्ष्मी दुमरु, सहायक नकिंमा नानी केशरी देउपाला चयन हुनु भएको छ।
सभामा अतिथिका रूपमा गुरुद्वय सुरेन्द्र प्रसाद दुवाल, पुरुषोत्तम खिँउजू, गुरुमाद्वय रञ्जना जाकिबन्जार तथा सङ्गिता श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा गुरु सुरेन्द्र प्रसाद दुवाल, संरक्षक समितिका सदस्य केदारप्रसाद पुडासैनी र सदस्य राजन कोजुले भजन खलःको महत्व, संरक्षण र भावी योजनाबारे आफ्ना धारणा राख्नुभएको थियो।
सभाको क्रममा भजन खलः संरक्षक समितिकी सदस्य सुभद्रा ध्वजूका ७३ वर्षीय पिता तुल्सी नारायण तुल्सीबाख्यो तथा तबला गुरु हरि शंकर कुलुजुका ८५ वर्षीय माता गणेश मायाँ कुलुजुको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गरिएको थियो। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमले परम्परागत भजन संस्कृतिको संरक्षण, प्रवर्द्धन र समुदायबीच धार्मिक–सांस्कृतिक एकता सुदृढ गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















