भक्तपुर, माघ १७ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा शनिबार युवा, विद्यार्थी तथा खेलाडी भेला सम्पन्न भयो ।
नेमकिपाका पार्टी केन्द्रीय सदस्य तथा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र राज गोसाईले ठूला राजनीतिक दलका केन्द्रीय समितिका सदस्यहरू विदेशीको पैसा खाएर विदेशीको हितको लागि काम गरेको बताउँदै भारतीय जासुसी संस्था रअ को पैसा नखाने एकमात्र राजनीतिक दल नेमकिपा भनी तत्कालीन जनयुद्धको समयमा प्रकाशित पत्रिकामा बाबुराम भट्टराईको लेख रहेको बताउनुभयो ।
उहाँले नेमकिपा बाहेक शासक दलहरूले दरबारको गुप्तचरमा मान्छे पठाउने काम गरेको बताउँदै प्यालेस्टाइनमा अमेरिकाले आक्रमण गर्दा ८०% क्षति भए तापनि आत्मसमर्पण नगरी देशभक्ति प्रदर्शन गरेको चर्चा गर्नुभयो ।
विश्वमा त्राहीमाम मच्चाएर अमेरिकाले हतियारको व्यापार गरे तापनि सफल नभएको चर्चा गर्दै अमेरिका बलियो बनाउन राष्ट्रपति ट्रमले विभिन्न देशहरू माथि कब्जा गर्न आक्रमण गरिरहेको बताउनुभयो ।
उहाँले विदेशीको पुरस्कार र सम्मान राष्ट्रघाती हुने बताउँदै विदेशीको योजना अनुसार जेन्जी आन्दोलन र मन्त्रीमण्डल बनेको बताउनुभयो ।
विदेशीको स्वार्थपूर्तिको लागि प्रतिनिधि सभामा हुने सदस्यलाई खबरदारी गर्न र आत्मनिर्भरता सहित देशको समृद्धिको लागि आवश्यक नीति नियम बनाउन नेमकिपाका प्रतिनिधिहरु अनिवार्य भएको बताउनुभयो ।
पार्टी नगर समितिका सदस्य विष्णुराम दुमरुको सभापतित्वमा सम्पन्न भएको उक्त भेलामा उहाँले देशभक्तिको भावना राखी स्वयंसेवकहरु आफ्नो काम कर्तव्य गर्न जहिले पनि तयार रहनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा युवा संघ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले युवाहरु देशभक्त भई अन्याय अत्याचार प्रति सचेत हुनुपर्ने बताउनुभयो ।
युवा, विद्यार्थी तथा खेलाडी भेला सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















