ग:पलि टोल सुधार समितिको आयोजनामा वनभोज तथा सम्मान कार्यक्रम

0
149

भक्तपुर, २७ पुस  । ग:पलि टोल सुधार समितिको आयोजनामा वनभोज तथा सम्मान कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यता आइतबार च्वङ्गागणेश सल्लाघारीमा सम्पन्न भयो । 

प्रमुख अतिथि उपेन्द्र सुवालले दुखमा सहयोग गर्ने सधैं सम्झ्ने बताउँदै टोल सुधार समितिले टोलबासीको समस्यामा सहयोग गर्नुपर्ने र कानुन भित्र बसेर वडाध्यक्षको हैसियतले हरेक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँँले टोलको बिकास गर्न अरुको मुख ताकेर होइन आफ्नै खुट्टामा उभिएर आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले नि:स्वार्थ रुपमा सेवाले आत्मविश्वास बढ्ने मन हलुका हुने बताउनुभयो । उहाँले टोलीलाई सभ्य, सफा सुन्दर बनाइ संस्कार र ब्यबहार राम्रो भए टोलको प्रतिस्था बढ्ने बताउनुभयो । उहाँले भक्तपुर मल्ल कालमा स्वर्ण युग शाह र राणा शासनकालमा धेरैले खस्केकोले देश अहिले पराधिन हुनुमा शासक दलहरुको अकर्मण्यता भएको बताउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, स्वास्थ्य, खेलकुद, नमुना सरसफाइ, सम्पदा संरक्षण र पारदर्शी नगरपालिकाको रुपमा अगाडि बढाउन ख्वप विश्व विद्यालयको माग र सस्तोमा डाक्टर पढाउने योजनामा सरकारले सहयोग नगरेको बताउनुभयो । 

कार्यक्रममा टोल सुधार समितिकासल्लाहकार एबम् भक्तपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष रोशनी मैयाँ धाैबञ्जारले ग:पलि टोल सुधार समिति स्थापना कालदेखि नै सर्हानीय, प्रशंसनीय र उल्लेखनीय काम गरेको बताउँदै मानव जातिको उत्पत्तिदेखि नै समूह हुँदै समाजको आवश्यकता बोध गरि समुहमा  बस्न थालेको बताउनुभयो ।उहाँले टोलबासीहरुको सहयोगले सफलता प्राप्त भएको बताउँदै सकारात्मक भावनाले उर्जा प्राप्त भएको बताउनुभयो ।

कार्यक्रम ग:पलि टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्तव राख्दै जबसम्म आदर्श समाज बन्दैन तबसम्म समाजमा अराजक गतिविधि भइरहने बताउँदै आदर्श समाज बनाउन सबैले आर्थिक, भाैतिक र नैतिक सहयोग र समय दिनुपर्ने बताउनुभयो । उहाँले सुधार समितिको उदेश्य भनेको युवाहरूलाई शारीरिक र बाैध्दिक विकासको लागि खेलकुद लगायत विभिन्न कार्यक्रम गर्ने र एकआपसमा सहयोगी भावना जागृत गरि सामाजिक सेवामा लाग्न अभिप्रेरित गर्ने साथै वातावरण सुधार गरि स्वास्थ्य रहने, कला संस्कृतिको जगेर्ना र उत्थान गर्ने, नागरिक भवनाको बिकास गर्ने  बताउनुभयो । 

कार्यक्रम संचालन समितिका सचिव रवीन्द्र श्रेष्ठ, स्वागत कोषाध्यक्ष रविन छुस्याकी गर्नुभएको थियोे  । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र सुवालले उद्योग वाणिज्य संघका निर्वतमान रोशनी मैयाँ धाैबञ्जार, बाटो ढुंगा छपाई उपभोक्ता समितिमा बसेर सहयोग गर्नेहरुलाई प्रशंसापत्र वितरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here