हेटौडा, २३ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि तोकेको कार्यतालिकाअनुसार मङ्गलबार नेपाल मजदुर किसान पार्टीले निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेको छ ।
वाग्मती प्रदेशको लागि राष्ट्रिय सभा निर्वाचन कार्यालय हेटौडामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उम्मेदवारी दर्ता गरेको हो ।
पार्टीको तर्फबाट विक्रम ढुकुछु र कविता महर्जनले राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दिनुभएको छ ।
उहाँहरूलाई प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाई, सृजना सैँजू र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले प्रस्ताव र समर्थन गर्नुभएको हो ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















