भक्तपुरमा नेल आर्ट तालिम शुरु

0
153


भक्तपुर पुस २० । भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिको आयोजनामा १० दिने नेल आर्ट तालिमको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले प्रशिक्षक सृजना प्रजापतिलाई तालिमका सामाग्री हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।सो अवसरमा प्रमुख अतिथि श्यामसुन्दर श्रेष्ठले तालिममा सहभागी अधिकांश जे जि उमेर समुहका भएकोले यो तालिम लिई आत्मानिर्भर भई देशमा नै केहि गर्न सकोस भने शुभकामना व्यक्त गर्नुका साथै भक्तपुर घरेलु तथा साना उद्योग संघले भक्तपुरमा उत्पादन भएका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई गो लोकल मार्फत आन्तरिक तथा बाह्य पर्यटकसँग जोड्न लागि परेको बारे जानकारी गराउनु भयो ।त्यसैगरी संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले तालिम मात्रा तालिमको लागि नभएर सिप सिकेर उद्यमी बन्न तालिम लिनु पर्ने बताउनु भयो ।अहिले धेरैजसो मानिसहरुले तालिम भनेपछि सितैमा दिने तथा तालिममा बसे बापत भत्ता आउने आशमा तालिम लिएर समय खेर फालिरहेको प्रति ध्यानाकार्षण गराउँदै भक्तपुर घरेलु तथा साना उद्योग संघ त्यस्ता तालिम प्रति सचेत रहेको जानकारी गराउँनु भयो । कार्यक्रममा प्रशिक्षक एव महिला उद्यमी समितिका उपाध्यक्ष सृजना प्रजापतिले दैनिक रुपमा नै तालिममा बस्न अनुरोध गर्दै १० दिनभित्र सकेसम्म धेरै कुराको ज्ञान दिन कोशिश गर्ने बताउनु भयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिका अध्यक्ष एव कार्यक्रमका सभापति कमलश्वरी खर्बुजाले सौदर्यको विभिन्न विद्याहरुमध्ये महिलाहरुले अहिलेको समयमा नङलाई पनि विभिन्न तरिकाले श्रृगार्ने चलन बढीरहेको कुरालाई मध्य नजर गरी यो तालिम संचालन गरेको र अन्यत्र यो तालिम धेरै महंगोमा दिने गरेकोमा संघले सहुलियत दरमा यो तालिमलाई संचालन गरेको बताउनु भयो। तालिममा ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here