ख्वप बचतको १८औ वार्षिक साधारणसभा  सम्पन्न

0
180


     भक्तपुर पुस १२ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर  को १८ औ  वाषिक साधारणसभा  बासु माबि सभा हल कासन ब्यासिमा शनिवार  सम्म्पन्न भयो | सभाको उदघाटन संस्थाका संस्थापक अध्यक्ष कुमार लघुले पानमा दिप प्रज्वलित गरि गर्नुभयो | कार्यक्रम प्रमुख अतिथी कुमार लघुले संस्था स्थापनाबारे चर्चा गर्दै सहकारीले समाज परिवर्तनका लागि कार्य गर्दै सहकारीमा आएको बिकृती बिसंगतीबाट टाढा रहनु पर्ने बताउनुभयो  
       संस्थाका उपाध्यक्ष तथा भक्तपुर नगरपालिका   वडा नं. २ का वडा अध्यक्ष  हरिप्रसाद वासुकलाले  सहकारी संस्थाले शेयर सदश्यहरुको माग र आबश्यकता अनुसार कार्यक्रम आयोजना गर्नु पर्ने बताउँदै  उत्पादनमुलक कार्यमा लगानी गरि सदश्यहरुलाइ रोजगारी दिनु पर्ने बताउनु भयो |उहाँले सहकारी  संस्थाबाट  भक्तपुर नगरपालिकालाई  प्राप्त सामुदायिक बिकास कोषवाट अक्सिजन प्लान निर्माण गरि नि:शुल्क बितरण  गरेको र नि:शुल रगत पनि वितरण गरेको बताउनु भयो |  उहाँले बचत दुरुपयोग गरि शेयर सदश्यहरुको रकम फिर्ता नगरेका सहकारीका संचालकहरुको रकम रोक्का गरिरहेका छ  | बचत फिर्ता नगरेका सहकारीका संचालकको सम्पती  बेचेर बचत फिर्ता गर्ने ऐन ल्याएमा बचत कर्ताहरुले राहत पाउन्छ भन्नूभयो  |
   
        भक्तपुर  जिल्ला बचत तथा ऋण सहकारी  संघ लि.का संचालक समिति  उपाध्यक्ष जगन्नाथ प्रजापतिले  भक्तपुरमा २०२५ सालमा किसानहरुले रासायनिक मल र बीउ बिजन समयमा ल्याउन नवदुर्गा बचत सहकारी स्थापना गरिएको थियो |नेपालमा २०४८ देखि २०६४ सालमा सहकारी आन्दोलनको विकास भएको हो |जति पनि सहाकारी संस्थाहरु भागेका छन तिनिहरु एमाले कांग्रेस र माओवादी पार्टीका मान्छेहरुले खोलेका संस्थाहरु परेका छन | तिनिहरुको संरक्षण  ती दलले गरेका छन |समुदाय आधारित संस्थाहरुले समुदायको हितको निम्ति कार्य गरेकाले सहकारी नियमन प्राधिकरणले नियमन गर्न खोजेको बताउनु भयो |
      समाजसेवि तथा नेमकिपा २ वडा ब्यासी समितिका इन्चार्ज गणेश प्रसाद सुवालले  माओ  र स्तानिनले आफनो देशलाइ बिदेशी आक्रमणवाट बचाएको  र कामदार वर्गको राज्यसत्ता समाजवाद स्थापना गरेकोले उहाँहरुको जन्म दिवस मनाउनु आबश्यक छ भन्नूभयो |
    
      सभापतिको आसनवाट बोल्दै ख्वप  बचत तथा ऋण सहकारी संस्था लि.का  संचालक समिति अध्यक्ष  राजकुमार लघुले सहकारी नियमन   प्रधिकरणले लगायत अन्य निकायले जारी गरेको  निर्देशनले सहकारी  संघ  र संस्थाको कारोवार कमजोर गराइ बित्तिय क्षेत्रमा बैंकहरुको एकाधिकार हुनेछ |बैंकले पुँजिपती वर्गको  सेवा गर्छ भन्ने सहकारी संस्थाले न्यून आय भएका जनसमुदायको उत्थानका लागि कार्य गर्छ भन्नुभयो |
         संस्थाका  सचिव अमर वासुकलाले  आ.ब.२०८१|०८२ को प् प्रतिवेदन र आ.ब. २०८२|०८३ का भावि नीति तथा कार्यक्रम  र महत्वपूर्ण प्रस्ताब प्रस्तुत गर्नुभयो |संस्थाका कोषध्यक्ष लक्ष्मीनारायण सुवालले आ.ब. २०८१|०८२ को आर्थिक   प्रतिवेदन र आ.ब.२०८२|०८३ को अनुमानिय आय/ब्यय प्रस्तुत गर्नु भयो |लेखा समिती संयोजक  लक्ष्मीदास बासुकलाले आ.ब. २०८१|०८२ को लेखा समिती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो   |प्रस्तुत प्रतिवेदनहरु र बाहय लेखा परिक्षण प्रतिवेदन  र महत्त्वपूर्ण प्रस्तावहरु सर्वसमितिले पारित गरियो | कार्यकममा   ७० वर्ष  पुगेका १९ जना  जेष्ठ नागरिकलाई   प्रमुख अतिथिले कुमार लघुले दोसला ओढाएर सम्मान गरिएको थियो   |
 
    ख्वप साकोसका  अध्यक्ष राजकुमार लघुले असल बचतकर्ता बिना सुलु र असल ऋणकर्ता प्रोमोद त्वानाबासु  र डल्ला साबुनका प्रशिक्षक सुलोचना सुवाल र  दहि बनाउने तालिमका प्रशिक्षक कमला बज्राचार्यलाई  प्रमाण-पत्र र मायाको चिनो दिइ सम्मान गरिएको थियो |कार्यक्रममा अतिथी गणेश प्रसाद सुवालले एसइइ  उत्तिर्ण १२ जना शेयर सदश्यका छोराछोरिहरुलाई   प्रमाण-पत्र र मायाको चिनो दिएर सम्मान गरिएको को थियो | कार्यक्रममा संचालकहरु   बिकास ब्यान्जु र  राजाराम सुवालले पनि बोल्नु भएको थियो | 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here