ख्वप कलेज अफ इन्जिनियरिङका गौरव भुसाललाई शिवराज पन्त स्मृति पुरस्कार

0
374

भक्तपुर, पुष २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आगामी २०८२ साल पौष १० गते बिहीबार आयोजना हुने त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहका अवसरमा दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ।

यसैक्रममा स्नातक तह अन्तर्गत वि.सं. २०८० सालको दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको विवरण सार्वजनिक गरिएको हो ।

सिभिल इन्जिनियरिङ विषयको स्नातक तह (बि.इ. सिभिल) मा सर्वप्रथम हुने विद्यार्थीलाई प्रदान गरिने शिवराज पन्त स्मृति पुरस्कार ख्वप कलेज अफ इन्जिनियरिङ, भक्तपुरका विद्यार्थी गौरव भुसाल ले प्राप्त गर्ने भएका छन्। उनले ८६.०५ प्रतिशत अंक प्राप्त गरी विशिष्ट श्रेणी हासिल गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै पदक तथा पुरस्कार प्रदान गरिने परम्परा रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here