महाकाली पिठ परिसरमा सरसफाइ कार्यक्रम

0
152

भक्तपुर, पुष १ । भक्तपुर नगरपालिका–६ स्थित महाकाली पिठ परिसरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले सरसफाइलाई संस्कारको रुपमा अगाडि बढाउदै आएको बताउनुहुदै दैनिक क्रियाकलापको अभिन्न अंगको रुपमा सरसफाइ सभ्यताको प्रतीक रहेको समेत बताउनुभयो ।
महाकाली पिठमा भनपाले ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतन बनाउन संचालन गर्ने प्रक्रियामा रहेको समेत बताउनुभयो ।
भनपाले अरनिको सभा भवन बनाउन थालनी गरिसकेको र धमाधम काम हुँदै गरेको र विभिन्न गतिविधि गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

यसैबीच वडा नं. ६ का वडा सदस्य सिद्धिराम अवालले पाक्षिक कार्यक्रम अनुसार गरिदै आएको बताउनुहुदै भक्तपुरलाई स्वच्छ सुन्दर बनाउन नगरका विभिन्न स्थलहरु सफाइ गरिदै आएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा स्थानीय व्यक्ति, जनप्रतिनिधि तथा कर्मचारी लगायत सरोकारकालाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here