नर्सिङ्ग तेश्रो वर्षको नतिजामा ३७ जना विशिष्ट श्रेणीसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण

0
201


भक्तपुर, मंसिर २९ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले २०८२ श्रावण महिनामा संचालन गरेको प्रमाणपत्र तह नर्सिङ्ग तेश्रो वर्षको परीक्षाको नतिजा मिति २०८२ मंसिर २८ गते प्रकाशन गरेको छ ।
प्रकाशित नतिजाअनुसार भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका ३९ जना विद्यार्थी सम्मिलित भएकोमा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् ।
नतिजामा जेनिशा सुलूले ९३.१८ प्रतिशतसहित उच्चतम अंक ल्याएको संस्थानबाट जानकारी प्राप्त भएको छ । परीक्षामा सम्मिलित ३९ जना विद्यार्थीहरुमध्ये १० जना विद्यार्थीहरुले ९०% भन्दा माथि, २७ जनाले ८०% भन्दा माथि र २ जनाले ७७% भन्दा माथि अंक ल्याई उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here