गुरु गणेश सहकारीको १९ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

0
147

भक्तपुर, २८ मंसिर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम च्याम्हासिंहमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले स्थापना दिवस मनाउनुको उद्देश्य संस्थाको प्रगति, सकारात्मक पक्ष तथा स्थापना इतिहासबारे सदस्य र समुदायलाई जानकारी गराउनु रहेको बताउनुभयो । उहाँले ३३ जना सदस्यबाट स्थापना भएको संस्था हाल १ हजार २ सयभन्दा बढी सदस्यसहित १२ करोड रुपैयाँभन्दा बढी कारोबार पुर्‍याउन सफल भएको उल्लेख गर्दै योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । समुदायमा आधारित सहकारीले सामाजिक दायित्व अन्तर्गत जीवन बचाउने कार्यका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सभापति एवम् संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी निःशुल्क सदस्यता वितरण तथा पुस ५ गते अन्तर–सदस्य कसिमलापाँय् प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन सचिव सत्यराम ज्ञामरुले गर्नुभएको थियो भने प्रबन्धक गौतम कुटुवाका अनुसार रक्तदान कार्यक्रममा महिला ६ र पुरुष २० गरी जम्मा २६ जनाले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here