नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0
114

भक्तपुर, पुष २ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुर अन्तर्गतको सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठको आयोजनामा ‘अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२’ भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालयकै आफ्नै सुसज्जित सभाहलमा आयोजित उक्त बौद्धिक प्रतिस्पर्धामा नेशनल प्याब्सनमा आबद्ध विभिन्न सदस्य विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। निकै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेको सो प्रतियोगितामा इडेन गार्डेन इङ्गलिस स्कुलले प्रथम स्थान हासिल गर्न सफल भयो भने मदरल्याण्ड इङ्गलिस स्कुलले दोस्रो र रितम्भरा पाठशालाले तेस्रो स्थान प्राप्त गरे। त्यसैगरी, आरक्षण नेशनल स्कुलले सान्त्वना स्थान हासिल गर्दै आफ्नो उत्कृष्टता प्रदर्शन गरेको थियो

कार्यक्रमका सभापति एवं आयोजक विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै कार्यक्रमको सफलताको सम्पूर्ण श्रेय सहभागी विद्यालय र लगनशील विद्यार्थीहरूलाई प्रदान गर्नुभयो।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर १० का प्रशासकीय प्रमुख श्री कुमार राउतले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा मिहिनेत गर्ने बानीको विकास गर्ने र कडा परिश्रमले नै सफलताको फल प्राप्त हुने सन्देश दिने कुरामा जोड दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि एवं नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष तथा मदरल्याण्ड इङ्गलिस स्कुलका प्रिन्सिपल श्री संजय खड्काले आयोजक विद्यालयको व्यवस्थापनको प्रशंसा गर्दै विजेताहरूलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरूमा सबै विद्यालयको अनिवार्य सहभागिता हुनुपर्ने धारणा राख्नुभयो।

उक्त गरिमामय कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका कार्य समिति सदस्यहरू पाथीभरा एकेडेमीका प्रिन्सिपल श्री रमेश प्रसाद सिटौला, ईडेन गार्डेनका भाइस प्रिन्सिपल श्री अनिस राई, नगरकोट सनराइजका प्रिन्सिपल श्री सूर्य घिसिङ, संस्कार गुरुकुलका प्रिन्सिपल श्री अमन हिताङ, स्टूडेन्ट एकेडेमीका प्रिन्सिपल श्री सुमन शिल्पकार, आरक्षण नेशनलका संचालक श्री सरोज के.सी., ऋतम्भरा पाठशालाकी प्रिन्सिपल श्री जुनु बुढाथोकी र जागृती विद्या सदनका प्रिन्सिपल श्री जगदिश पौडेल लगायत विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here