मंसिर २४, काठमाडौ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप टेलिभिजनको आयोजनामा संचालन भएको १५ दिने टेलिभिजन सम्बन्धी क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थीहरुको अध्ययन भ्रमण सम्पन्न भयो ।
अध्ययन भ्रमणको क्रममा नेपाल टेलिभिजनको प्राविधिक अधिकृत अनिता गिरीले नेपाल टेलिभिजनको इतिहास, प्रविधिमा भएको परिवर्तनका स्वरुप अन्तर्गत टेलिभिजनको स्टुडियो, कन्ट्रोल रूम, स्याटेलाईट प्रविधिको अवलोकन गराउनुभयो ।
उहाँले नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर, एनटीभी इटहरी तथा नेपाल टेलिभिजन वल्र्ड गरी ६ वटा च्यानल HD मा २४ सै घण्टा प्रसारण भइरहेको बताउनुभयो ।
अधिकृत गिरीले प्रविधिमा रुपमान्तरण गर्दै 4K मा जाने नेपाल टेलिभिजनको अबको लक्ष्य रहेको बताउनुभयो ।
त्यस्तै रेडियो नेपालका प्राविधिक अधिकृत ओम श्रेष्ठले रेडियो नेपालको एम र एफ एम प्रविधि, रेडियो उत्पादन र प्रशारणको रेकर्डिङ तथा अन एयरको लागि नेपालभरमा ३५ वटा रेडियो स्टेसन रहेको जानकारी गराउँदै रेडियो नेपालका विभिन्न स्टुडियोहरुको अवलोकन गराउनुभयो ।
भक्तपुर नगरपालिकाले संचालन गरेकाे ख्वप टेलिभिजनकाे लागि टेलिभिजन सम्बन्धी क्षमता अभिवृद्धि तालिमको अध्ययन भ्रमणमा नेपाल टेलिभिजनका विकास माली, रेडियो नेपालका उपेश महर्जन, सार्वजनिक सेवा प्रशारण (PSB) नेपालकाे टिमले सहजीकरण गरिएको थियो ।
प्रशिक्षक कृष्णकाजी मानन्धर, ख्वप टेलिभिजनका दिपेन्द्र प्रजापति तथा ख्वप टेलिभिजनका व्यवस्थापक रवीन्द्रप्रसाद कुसीलगायतको टीमले काठमाडौंको सिंहदरबार स्थित नेपाल टेलिभिजन र रेडियो नेपालको विभिन्न भाषाभाषीको समाचार उत्पादन र प्रशारण समेत अवलोकन गरिएको उक्त अध्ययन भ्रमणमा तालिमका २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो ।
ख्वप टेलिभिजनको क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थीद्वारा अध्ययन भ्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1


















