भ.न.पा २ मा हाडजोर्नी तथा नशा रोग बारे शिविर सम्पन्न

0
155

भक्तपुर, मंसिर २४ । भक्तपुर नगरपालिका २ नं वडा कार्यालयको आयोजनामा हाडजोर्नी तथा नशा रोग बारे स्वास्थ्य शिविर सम्पन्न ब्यासीमा एक कार्यक्रमविच सम्पन्न भयो ।
यस कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष हरि प्रसाद बासुकला ज्यूले युवा स्वास्थयलाई ध्यानमा राखी नगरस्तरीय खेलकुद प्रतियोगिता र बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्ने भइरहेको बताउनु भयो र साथै भ.न.पाले शिक्षा, स्वास्थ्य, खेलकुद सम्पदा लगायत युवा लक्षित उद्यमशील ऋण रु ५,००,०००/– सम्म ऋण दिई रोजगारी सृजना गर्ने गरिएको बताउनु भयो । जनताको आवश्यकता अनुसार श्रमदान गरी विकास निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गर्नु भक्तपुरको बिशेषता रहेको बताउनु भयो । भनापाले देशका सबै जिल्लाका बिद्यार्थीहरुलाई शिक्षा मार्फत सेवा दिदैआएको चर्चा गर्नु भयो साथै नमुना नगरको रुपमा विकास गर्ने उद्देश्य अनुसार भ.न.पाले कार्य गर्देआइरहेको बताउनु भयो कार्यक्रममा ।
भ.न.पाले स्वास्थय सेवा बिस्तार गरिरहेको देशभरि चर्चा परिचर्चा भइरहेको डाक्टर श्रीकृष्ण कासिछ्वाले बताउनु भयो ।
श्री रत्नकाजी नायभारीले भ.न.पाले जनताको स्वास्थलाई ध्यानमा राखी सेवा दिइरहेको सराहनीय छ साथै जनताको साथ र सहयोगले कार्य सहज रुपमा गर्न सकिएको बताउनु भयो ।

यस कार्यक्रममा वडा सदस्यहरु श्री श्याम सुन्दर मातां, श्री न्हुछे राम कोजु र मञ्जु र कार्यक्रम सञ्चालनमा वडा सदस्य मञ्जुमैया लाखाजुले पनि बोल्नु भएको थियो ।
उक्त शिविरमा १३८ जना स्थानीय बासीले हाडजोर्नी तथा नशा रोग पशिक्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here