ख्वप बचतको पहलमा दही उत्पादन तालिम सम्पन्न

0
144

भक्तपुर, कार्तिक २२ ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिद्वारा दही उत्पादन सम्बन्धी तालिम शनिबार ब्यासीमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै नेमकिपा वडा नं. २, ब्यासी एकाइका इन्चार्ज गणेशप्रसाद सुवालले भक्तपुरमा दही उत्पादन व्यवसाय क्रमशः व्यावसायिक रूपमा विस्तार हुँदै गएको बताउँदै तालिमपछि सहभागी महिलाहरूले समूह बनाएर दही उत्पादन तथा बिक्री–वितरण सुरु गर्न सुझाव दिनुभयो। उहाँका अनुसार शिक्षासँगै सीपमूलक तथा आयमूलक तालिमहरू प्रदान गर्नु नेमकिपाको प्रमुख लक्ष्य रहेको छ, जसले जनजीवनमा आत्मनिर्भरता र बौद्धिक प्रगति ल्याउन मद्दत गर्दछ।

त्यसैगरी, सहकारीका अध्यक्ष राजकुमार लघुले भक्तपुरको प्रसिद्ध जुजु धौ ले राष्ट्रिय पहिचान पाएको उल्लेख गर्दै उहाँले सहकारी संस्थाले शेयर सदस्यहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सीपविकास तालिमहरू नियमित रूपमा संचालन गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामी, सदस्य सुलोचना सुवाल, गंगा लाखा तथा प्रशिक्षार्थी प्रतिनिधि रिता मैंया सुवालले तालिमको महत्त्वबारे धारणा राख्नुभएको थियो। तालिम कमला बज्राचार्यले सञ्चालन गर्नुभएको थियो।
दही उत्पादन तालिममा कुल ३० जना महिलाहरूको सहभागिता रहेको सहकारीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here