दुई सामुदायिक विद्यालयलाई भक्तपुर साकोसद्वारा छात्रवृत्ति प्रदान

0
269


कार्तिक २२, भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा भक्तपुरका दुई सामुदायिक विद्यालयलाई सहकारी शिक्षा कोषको ५० प्रतिशत रकम वितरण गरिएको छ ।
जस अन्तर्गत पहिलो प्रयास स्वरुप समझदारी पत्र अनुसार समाज सुधार माविलाई रू.७ लाख ३३ हजार तथा ब्रम्हायणी आधारभूत विद्यालयलाई रू. २ लाख ४४ हजार बराबरको चेक संस्थाका अध्यक्ष निर्मल प्रजापतिले हस्तान्तरण गर्नुभयो ।
समझदारी अनुसार चेक प्राप्त विद्यालयहरूले साँवालाई यथावत् राखी व्याजको माध्यमबाट सकेसम्म सहकारी सदस्य परिवारलाई छात्रवृत्ति वितरण गर्नुपर्नेछ हुन्छ ।
सोही कार्यक्रममा स्वास्थ्य क्षेत्रका डा. अशोकानन्द मिश्र र भलिबलका राष्ट्रिय प्रशिक्षक एवं रेफ्रि विनोदचरण रायलाई प्रतिव्यक्ति रू २० हजार नगद तथा प्रमाणपत्र तथा मायाको चिनो दिई सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा फोटोग्राफर बालकृष्ण प्रजापतिले संस्थाको विविध गतिविधिको फोटो सेसन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here