सुकुन्दा बचत तथा ऋृण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

0
320

भक्तपुर, कार्तिक १५ । भक्तपुर नगरपालिका वडा नं ७ जगाती स्थित सुकुन्दा बचत तथा ऋृण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा संस्थाका ज्येष्ठ सदस्य शेरबहादुर गुसाइको प्रमुख आतिथ्यतामा सुकुन्दामा दिप प्रज्वलन गरी शनिबार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा विशेष अतिथि भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले सञ्चालक समितिमा रहेका पदाधिकारीहरुले संस्थाको आर्थिक कारोबार बारे जानकार हुनुपर्ने भएकोले समय समयमा तालिम पनि आवश्यक रहेका बताउनुभयो । सहकारीले सामाजिक उतरदायित्व पनि बहन गर्नुपर्ने कुरामा विशेष जोड दिनुहुदैंै संस्थाको वृति र विकासको लागि गठित उप समितिहरु पनि सक्रिय रहनुपर्ने बताउनुभयो । उहाँले सहकारीका सिद्धान्तहरु पालना गर्नुपर्नेमा पनि विशेष जोड दिनुभयो ।
उहाँले भन्नुभयो—”वर्तमान समयमा सहकारीहरु दिनप्रतिदिन बदनाम हुदैं गइरहेकोले सहकारीकर्मीहरु सधै सचेत हुनुपर्छ र सहकारीले ऋण प्रवाह गर्दा ऋण लिने सदस्यको पृष्ठभूमिबारे पनि जानकारी लिनुपर्छ ।”
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि जिल्ला बचत संघका सचिव जगनाथ प्रजापतिले बैंक र सहकारीमा फरक रहेकोले सहकारीले मात्र विभिन्न गतिविधि स्पष्ट रुपमा सुसच्चित गर्ने कुरा संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख हुने भएकोले समुदायमा सहकारीको भूमिका महत्वपूर्ण हुने र राज्यलाई सहकारीले उपेक्षा गरेको बताउनुभयो । वर्तमान समयमा सहकारीहरु सदस्यको बचत अपचलन गर्ने क्रम बढी रहेको र सहकारी ठगहरुलाई राजनैतिक संरक्षण दिने परिपाटी गलत रहेको चर्चा गर्नुभयो ।
सल्लाहकार विश्वराम कवांले सुकुन्दा साकोसले ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै आएको चर्चा गर्नुहुदै उहाँले वर्तमान समयमा युवाहरुलाई स्वदेशमै रोजगारी बनाउने खालको तालिमहरु संचालन गर्नुपर्ने बताउनुभयो । सहकारी सम्बन्धी कृयाकलापहरु निरन्तरता दिनुपर्ने कुरामा जोड दिदै उहाँले स्थानीय तथा राष्ट्रिय परिवेशबारे पनि जानकारी लिनुपर्ने बताउनुभयो ।
त्यस्तै अर्का सल्लाहकार नाती कवांले सहकारीकर्मीहरु एक आपसमा संगठित भएर लाग्नुपर्ने कुरामा जोड दिदै उहाँले जेन जी आन्दोलनमा अनाहकमा युवाहरुको ज्यान गएको र अहिले देशमा अस्थिर राजनीति भइरहेको पनि बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्रीकृष्ण गोसाइले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन, सचिव सुर्यराम त्वानाबासुले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक श्याम प्रसाद कोजूले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष केशव कवां, निवर्तमान अध्यक्ष सानु काजी त्वानाबासु, सल्लाहकार विष्णुभक्त मारिखु र व्यवस्थापक सानुकाजी चिकंबन्जारले पनि बोल्नुभएको थियो भने संस्थाका अध्यक्ष राजभाई माकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here