परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे शिक्षकहरुलाई अभिमुखीकरण

0
202


कार्तिक १३, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना बुधबार देखि परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिरहेको छ
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको सय वर्षपछिको भक्तपुर नामक पुस्तक मार्गनिर्देशक सिद्धान्तको रूपमा भक्तपुरको भूगोल, इतिहास, कला र संस्कृति स्थानीय पाठ्यक्रममा समेटिएकोले गाैरबको भएको बताउँदै नयाँ पुस्तालाई ज्ञानविज्ञान तथा प्रविधिसँगै स्थानीय अग्रजहरुको अनुभव र सल्लाह बमोजिम देशभक्त बनाउन शिक्षकहरू प्रकाश स्तम्भको रूपमा उभिनुपर्ने बताउनुभयो ।
उपप्रमुख जोशीले भाैतिक संरचना तथा विकाससँगै स्थानीय हावापानी, चाडपर्व र सो अनुरुप स्थानीय खाद्यान्नको प्रयोग, रहनसहन तथा संस्कार संस्कृतिबारे बालबालिकालाई उपयुक्त उमेरमा शिक्षित तुल्याएमा विभिन्न प्रकारका विध्वंसबाट टाढा रहने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले आर्थिक सम्पन्नतासँगै हरेक व्यक्तिले आफ्नो पुर्खाले परिस्थितिअनुसार विकास गरेको हरेक संस्कृतिमा त्यहाँको वातावरणले पारेको प्रभावको अन्याैन्याश्रित सम्बन्ध बारे अध्ययन गरि नयाँ पुस्ता समक्ष देशभक्ति भावनासहित स्थानान्तरण र हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै परिमार्जित स्थानीय पाठ्यक्रममा रहेको एकाइ १ र २ को ख्वपको इतिहास, भूगोल र भाैगोलिक अवस्थाको बारे सहजीकरण गर्नुभयो ।
नगर शिक्षा शाखाका प्रमुख साधुराम फुँयालले भक्तपुर नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन तथा संविधानले दिएको अधिकार प्रयोग गरि समाजको आवश्यकता, विद्यार्थीको रुचि, विज्ञको सल्लाह र अनुसन्धानबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरिरहेको चर्चा गर्नुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका सदस्य उद्वव सुजखुले परिमार्जित स्थानीय पाठ्यक्रमको एकाइ ३ र ४ को जातजाति, व्यक्तित्व र जनसंख्या विषयमाथि सहजीकरण गर्नुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका अर्का सदस्य सिद्धिरत्न शाक्यले स्थानीय पाठ्यक्रमको परिवर्तन र स्वरुप अन्तर्गत एकाइ ५ मा अभिभावकको माग बमोजिम शील स्वभावजन्य शिक्षा अन्तर्गत नैतिक शिक्षालाई समेटिएको बताउँदै एकाइ ६ को स्थानीय विविध संस्कृति तथा एकाइ ७ को प्रचलित स्थानीय संस्कार विषयमा भएको परिमार्जन बारे जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले एकाइ ८ को स्थानीय सम्पदा र एकाइ ९ को स्थानीय व्यवसाय, सीप र प्रविधिको विषयलाई प्रयोगात्मक र व्यवहारिक रूपमा प्रयोग गर्न जोड दिँदै समग्र भक्तपुरलाई खुल्ला पुस्तकको रुपमा लिनुपर्ने विचार राख्नुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका सदस्य रोशनराज तुईतुईले एकाइ १०,११ तथा १२ मा भएका विषयहरूको परिमार्जन सम्बन्धि जानकारी गराउँदै पाठ्यक्रम परिमार्जन ७ चरणमा सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ विषयमा पहिलो दिन बुधबार कक्षा १, २ र ३ का शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको थियोे भने आज शुक्रबार कक्षा ६ देखि ८ सम्म अध्यापन गर्ने शिक्षकहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here