स्वास्थ्य विशेष स्मारिका हाम्रो प्रयास लोकार्पण

0
157

भक्तपुर, कार्तिक १० । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष हाम्राे प्रयास स्मारिका सोमबार लोकार्पण गरेको छ ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य विज्ञ तथा साहित्यकार याेगेन्द्र प्रधानले अस्पतालकाे नाममा स्वास्थ्यमा विभिन्न सरकारले अनावश्यक खर्च बढाइरहेकोप्रति गुनासो सहित चिकित्सा र जनस्वास्थ्यबीच फरक रहेको बताउँदै सरकारले अस्पतालकाे स्वास्थ्य संख्या बढाउनुकाे सट्टा जनस्वास्थ्यमा लगानी वृद्धि गरी जनस्वास्थ्य क्षेत्रबाट पूरै समाजलाई निराेगी बनाउन सकिने बिचार व्यक्त गर्नुभयो।

जनस्वास्थ्यविज्ञ प्रधानले उपचारात्मक उपचार पद्धतिलाई भन्दा प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक उपचार पद्धतिमा जाेड दिँदै अहिले अस्पतालहरु उपचार केन्द्र नभई राेगीकाे केन्द्रकाे रूपमा विकास भई स्वास्थ्य सेवा महङ्गो र झन्झटिलो हुँदा बहुमत जनताको स्वास्थ्य सुरक्षित तुल्याउन सरकारले राेग लाग्नुभन्दा राेग लाग्न नदिने उपायका साथ सब‌ै तहका सरकारले जनस्वास्थ्य उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले नेपाललाई क्षयरोगमुक्त बनाउन पहुँचमा नआएका बिरामीहरूलाई उपचारकाे दायरामा ल्याउन सरकार लागे तापनि
मन्त्रीहरूले दिएको आश्वासन अनुसार काम नगर्दा संघसंस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जाेड दिनुभयो ।

प्रधान सम्पादक एवम् स्वास्थ्यकर्मी तथा साहित्यकार धनमान श्रेष्ठले भक्तपुरमा क्षयरोग निवारण संस्था स्थापनाकाे पृष्ठभूमिबारे चर्चा गर्दै संस्थाकाे क्रियाशीलताले क्षयरोग निवारणमा सहयोग पुर्याउन इमानदारीका साथ सामाजिक कार्य गर्दा जनताको साथ सहयोग प्राप्त भएको बताउनुभयो ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय पूर्व काेषाध्यक्ष महेन्द्रगाेपाल कर्माचार्यले क्षयरोग नियन्त्रणका लागि संस्थाले विभिन्न काम गरिरहेको बताउँदै स्मारिकाका महत्त्वपूर्ण स्वास्थ्य लेख र विचारलाई सबैतिर फैलाउन जाेड दिनुभयो ।

समाजसेवी अनन्त धाैभडेलले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि एक अर्काबीच समन्वय र सहकार्य तथा प्रयास आवश्यक रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष हिरण्यलाल जाेशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर अस्पतालकी मेट्राेन सजना साख, भक्तपुर डक्टर एशाेसिएसनका अध्यक्ष डा. पुण्यराम खर्बुजा तथा संस्थाका सचिव विजय कर्माचार्यले समेत बोल्नुभयो ।

नेपाल क्षयरोग निवारण संस्थाकाे भक्तपुर शाखा वि. सं. २०३६ साल साउनमा स्थापना भएकाे थियो ।

लोकार्पण भएको स्मारिकामा विभिन्न विषेशज्ञ डाक्टरहरूकाे स्वास्थ्य विशेष लेख, कथा, स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी र सन्देशमूलक लेखहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here