भक्तपुर, कार्तिक ९ । भक्तपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ ।
भक्तपुरका जिल्ला प्रमुख अधिकारी नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा सरुवा भएका छन् भने काभ्रेपलान्चोकबाट उमेश कुमार ढकाल भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन् ।
गृह मन्त्रालयले एकैपल्ट ३६ जना सहसचिवको सरुवा गरेको हो। मन्त्रालयको सरुवा सूचीअनुसार ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















