भक्तपुर, कार्तिक ८ । साहित्यिक सम्मान सङ्गम २०५० को आयोजनामा शनिबार दुई साहित्यकारलाई नगद राशि रु ५० हजार पाँच रूपैयाँ बराबरको ग्वंग सिरपा सम्मान २०८२ द्वारा सम्मानित गरिएको छ ।
संस्कृतविद तथा सिरपाका संरक्षक तेजेश्वर बाबू ग्वंगले लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो साहित्यिक गुरु मान्दै साहित्य अध्ययनको लागि गरेको संघर्ष यात्रा र केन्द्रीकृत पञ्चायत कालमा विकेन्द्रीकरण गर्न कर्मचारीलाई उत्साहित गरेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले आफ्नो खुसीको लागि साहित्य सिर्जना आवश्यक बताउँदै देश र जनताको पुस्तक लेखनका लागि स्रस्तालाई सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
निबन्धकार मुकुन्द राजशर्माले सम्मानित दुई साहित्यकार लक्ष्मण प्रसाद गाैतम र ध्रव मधिकर्मीको साहित्यिक यात्रा र योगदान बारे चर्चा गर्नुभयो ।
सम्मानित साहित्यकार ध्रुव मधिकर्मीले आफ्नो साहित्यको विषयको रूपमा राजनीति विसंगतिलाई व्यंग्यात्मक रूपमा उतारेको बताउँदै प्रत्येक हास्यमा व्यंग्य नहुने तर प्रत्येक व्यंग्यमा हास्य हुने बताउनुभयो ।
अर्का सम्मानित साहित्यकार तथा प्राध्यापक लक्ष्मण प्रसाद गाैतमले तेजेश्वर बाबु ग्वंगले आफूले प्राप्त गरेको पुरस्कारको राशीबाट नयाँ पुरस्कारको व्यवस्था गर्नुलाई महान पुरस्कार भएको बताउँदै गाैरव सहित साहित्य क्षेत्रको लागि थप जिम्मेवारी सुम्पेको बताउनुभयो ।
जितेन्द्र बस्नेत, श्री ओम श्रेष्ठ तथा सञ्जिव ग्वंग लगायतले बोलेको उक्त कार्यक्रममा डा. विजया लक्ष्मी श्रेष्ठले समेत बोल्नुभयो ।
उक्त सिरपा सम्मान कार्यक्रम २०५० सालमा सर्वप्रथम केदारमाथ व्यथितलाई सम्मान गर्दै हरेक दुई/दुई वर्षमा हुँदै आएको छ ।
ग्वंग सिरपा सम्मान २०८२ द्वारा दुई साहित्यकार सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















