भक्तपुर नगरपालिका वडा नं. ७ महेश्वरी खेल मैदान परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

0
213

भक्तपुर, १ कार्तिक ।
भक्तपुर नगरपालिका वडा नं. ७ अन्तर्गत महेश्वरी खेल मैदान परिसरमा आयोजित सरसफाइ कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँले कार्यक्रममा बोल्दै खेल मैदान क्षेत्रमा लामो समयपछि ठूलो परिमाणमा फोहर संकलन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले खेल मैदानमा खासै फोहर देखिँदैनथ्यो, तर अहिले धेरै फोहर जम्मा भएको छ । दशनामीहरूले शव गाड्ने स्थल भनी सर्वोच्च अदालतसम्म मुद्दा पु¥याएका थिए, तर अहिले त्यो पनि अन्त्य भइसकेको छ ।” उहाँले मैदान र वरिपरिका क्षेत्रमा वातावरण सुधारका लागि वृक्षारोपणदेखि विभिन्न विकास निर्माण कार्य सुरु गरे पनि सर्वोच्च अदालतबाट रोक आदेश आउँदा केही योजना अघि बढाउन नसकिएको बताउनुभयो ।

वडाध्यक्षले खोला सरसफाइमा विभिन्न चुनौती रहेको उल्लेख गर्दै पनि खोलामा रहेका फोहर हटाइएको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, विद्यार्थी, सहकारी संस्था, विभिन्न संघसंस्था, कर्मचारी र हनुमानघाट सुधार समितिलाई सरसफाइ अभियानमा सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा वडा निरीक्षक रामकृष्ण प्रजापतिले प्रत्येक महिनाको १ र १५ गते नियमित रूपमा सरसफाइ कार्यक्रम सञ्चालन गरी भक्तपुर नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा वडासदस्यहरू हरिरत्न गोर्खाली, हिरा ख्याजु र रन्जना त्वातीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here