११६ औँ देवकोटा जयन्तीमा भक्तपुर नगरव्यापी कविता प्रतियोगिता हुने

0
224

भक्तपुर, असोज २७ ।

भक्तपुर नगरपालिका वडा न‌ ९ स्थित प्रगति पुस्तकालय तथा प्रगति सामुदायिक सिकाइ केन्द्रले ११६औँ देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहका विद्यार्थीबीच कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजक संस्थाका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक विद्यार्थीहरूले २०८२ असोज ३१ गते शुक्रबारसम्म कविता बुझाउन सक्नेछन् । कविता बुझाउने स्थानहरूमा प्रगति पुस्तकालय, सूर्यमढी र भक्तपुर नगरपालिका–९ वडा कार्यालय, दत्तात्रय तोकिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन दर्ता शुल्क रु. १०० मात्र तोकिएको छ । कविता प्रतियोगिताको अन्तिम चरणको कार्यक्रम आगामी २०८२ कार्तिक १ गते शनिबार बिहान ११ बजे वाकुपति नारायण परिसर, भक्तपुर नगरपालिका–९, सूर्यमढीमा सञ्चालन हुने आयाेजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here