भक्तपुर नगरपालिकाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

0
329

सामाजिकसुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा नियमावली (दोस्रो संशोधन), २०७९ अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ मा
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको परिचयपत्र नवीकरण गर्ने म्याद प्रत्येक आर्थिक वर्षको
साउन महिनादेखि भदौ मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था भएबमोजिम यस भक्तपुर नगरपालिका
क्षेत्रभित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले आ.व. २०८०/८१ मा सामाजिक सुरक्षा
भत्ता प्राप्त गर्न साउन १ गतेदेखि भदौ १५ गतेभित्र आ-आफ्नो वडा कार्यालयमा गई अनिवार्यरूममा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनुहुन अनुरोध गरिन्छ ।


नवीकरणका लागि आवश्यक कागजातहरू

  • सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको परिचयपत्र
  • लाभग्राहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
    पासपोर्ट साइजको फोटो १ प्रति
  • एकल महिला ६० वर्ष माथिको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, अर्को विवाह नगरेको प्रमाणित विवरण
  • अपाङ्गता भएका व्यक्तिको हकमा भक्तपुर नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि,
    पूर्ण अपाङ्गता भएका व्यक्तिको हकमा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालबालिका ५ वर्षमुनिको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
    नोट :
    क) तोकिएको समयमा परिचयपत्र नवीकरण गर्न छुट हुने लाभग्राहीको नाम सामाजिक सुरक्षा व्यवस्थापन
    प्रणालीबाट स्वतः हट्नेछ । छुट भएको समयावधिको रकम भुक्तानी हुनेछैन । तोकिएको समयमा नवीकरण
    गर्न छुट भई पुन: नयाँ निवेदन दिएमा निवेदन दिएको पछिल्लो महिनादेखि मात्र भत्ता प्राप्त गर्न सुरु हुनेछ ।
    ख) बालबालिका वा आफैँ उपस्थित हुन नसक्ने व्यक्तिको हकमा निजको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिले
    निवेदन दिन सक्नेछन् ।
    ग) तोकिएको समयमा नवीकरण नभएमा सामाजिक सुरक्षा भत्ताको रकम प्रदान गरिने छैन ।

लाभग्राहिले सामाजिक सुरक्षा भता पाउने रकम यस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here