अभिभावक संघ नेपालकाे शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न

0
223

भक्तपुर | अभिभावक संघ नेपाल जिल्ला कार्य समिती भक्तपुरको आयोजनामा अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीको प्रमुख आतिथ्यतामा विजया दशमी ,शुभ दिपावाली नेस ११४६ तथा छठ पर्वको अबसरमा  अभिभावकहरु विच शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भयो |

कार्यक्रममा प्रमुख अतिथी शुप्रभात भण्डारिले  जनताको आवश्यकता नबुझदा इम्बोस नम्बर  अनिबार्य  गर्दा सरकारले  २ वा ३ बर्षसम्म लाइसेन्स  दिन नसकिरहेको अबस्थामा सामाजिक सन्जालमा हुर्केका जेन्जीहरुलाई चित्त नबुझदा बृध्दभत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्त गर्दा बुधदहरुको दुख देखेर युवा आक्रोशका कारण २३ र २४ गते घटना हुन गएको बताउनुभयाे| कार्यक्रममा  अभिभावक संघ नेपाल भक्तपुर  जिल्ला कार्यसमितिका अध्यक्ष  रामकृष्ण प्रजापतिले अभिभावक संघ  सदैब अभिभावकका समस्यालाई लिएर सम्वधित निकायमा समाधानका लागि  विभिन्न माध्यमबाट संघर्षरत रहेको बताउनुभयो |

कार्यक्रममा अभिभावक संघ  नेपाल का बरिष्ठ उपाध्यक्ष मणिरत्न बज्राचार्यले  बिजया दशमी ,शुभ दिपावाली ,नेस ११४६ तथा छठ पर्वको अबसरमा अभिभावकहरुको सु-स्वास्थय र  दिर्घायुको  शुभकामना ब्यक्त गर्नुभयो | 

बागमती प्रदेश अभिभावक सघका उपाध्यक्ष सन्त राम दुलालले  अभिभावकहरुले जेन्जी पुस्ताको भावना बुझेर   अघि बढन  पर्ने र आन्दोलनका क्रममा सार्बजनिक सम्पति जलाउनु खेद्जनक रहेकाे बताउनुभयाे । कार्यक्रममा अभिभावक संघका उपाध्यक्ष महेन्द्र बखुन्छे ,सचिब आशाराम सुवाल ,सह सचिब राजकुमार लघु , कोषाध्यक्ष केपि दुमरु र राजाराम दाहालले पनि दशै  र तिहारको शुभकामना ब्यक्त गर्नु भयो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here