कर्मचारी समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

0
443

भक्तपुर, असाेज १०। कर्मचारी समाज भनपा ९ वडा एकाई समितिको आयोजनामा विजया दशमी दिपावलिको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बिहीवार सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष रामकृष्ण प्रजापतिले नेपालीहरुको महान् पर्व दशैं बिदाको सही सदुपयोग गर्न युवा- विद्यार्थीहरुलाई देश र समाज प्रती जिम्मेवार बनाउने उदेश्य अनुरुप सिर्जनात्मक किर्याकलापमा सहभागी गराउनु पर्ने र पर्बको नाउंमा मादक पदार्थ सेवन गरि समाजमा होहल्ला गर्नेहरु प्रति पनि सजग र होसियार हुनुपर्ने बताउनुभयो। त्यस्तै अध्यक्षले बोल्नु हुँदै अहिले सम्म भएको आन्दोलनहरुले परिवर्तन भए पनि देश र जनताको हितमा काम नहुँदा र शासक दलहरुले भ्रष्टाचार , भागबन्डामा मात्र लिप्त हुनु र रोजगारी सिर्जना गर्न नसक्दा जेन्जीको आन्दोलन भएको बताउनुभयो। भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडमा ठुला-बडा पार्टी भनाउन्दाहरुको चलखेल भएको बिस्तारै पुस्ती हुँदै आएको र आन्दोलनबाट धेरै ऐतिहासिक धरोहरहरु ध्वस्त भएको र देशले खरबौंको घाटा व्यहोर्नुपरेको बताउँदै उहाँले जेनजीको नाममा एनजीओ र आइएनजीओहरुको चलखेल बढिरहेकोतर्फ सबैजना होशियार हुनुपर्ने प्रष्ट पार्नुभयो। अहिलेको पुँजिबादी ब्यबस्थामा धनीहरु झन धनी हुने, गरिबहरु झन झन गरिब हुने भएकोले यो ब्यबस्थाबाट जनता र कर्मचारीहरुको हित नहुने भएकोले समाजबादी ब्यबास्थामा मात्र योग्यता अनुसारको काम, काम अनुसारको ज्याला ब्यबस्था हुने बताउनुभयो।

कार्यक्रममा बोल्नु हुँदै नेमकिपा ९ का प्रतिनिधि एवं कर्मचारि संजय मानन्धरले यो जेनजी पुस्ताको आन्दोलनले नयाँ पुस्तामा राजनैतिक चेटना नभएको पुस्ती गरेकोछ भनुभयो। अब यो समाजले पार्टी प्रति, संगठन प्रति थप आस्था हुने कार्यक्रमहरु ल्याउनुपर्ने औल्याउभयो। कर्मचारीहरु पनि पेशागत संगठनमा लागेर पार्टीको निर्णय र निर्देशन अनुरुप लाग्नु पर्ने बताउनुभयो।कर्मचारी समाजका उपाध्यक्ष बिकास प्रजापतिले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा कर्मचारिहरु हरिकृष्ण दुवाल, लक्ष्मीप्रसाद गाईंजु, प्रबिण प्रजापती, रमेश गोसाईं लगायतका कर्मचारिहरुले पनि आ-आफ्नो मन्तव्य प्रस्तुत गर्नुभयो। उक्त कार्यक्रम कर्मचारी समाज अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here