भरतपुर, असोज ९ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा गएको पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन, भरतपुरले जनाएको छ । आज दिउँसो २:४५ बजे जारी गरिएको सूचनाअनुसार हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
नारायणगढ र मुग्लिन दुवैतर्फबाट एक्साभेटर र लोडर सहित ५ वटा उपकरण प्रयोग गरी पूर्ण क्षमतामा काम भइरहेको छ । कठिन भू–भाग र ठूला ढुंगाका कारण कार्यमा केही ढिलाइ भए पनि अतिरिक्त अपरेटर समेत परिचालन गरिएको डिभिजनले जनाएको छ ।
यदि कुनै ठूलो बाधा नआए आज रातिसम्ममा सडक पूर्णरुपमा खुलाउने लक्ष्य रहेको सडक डिभिजन, भरतपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















