४५औं नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न ब्यासीमा भेला सम्पन्न ।

0
88


भक्तपुर, असोज ७ ।
४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा तःमुंज्या भब्य रुपमा सम्पन्न गर्न ब्यासीमा भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले तःमुंज्या सम्पुर्ण कामदार वर्गका जनताको शोषण र उत्पीडनका विषयमा साहित्य बाचन गर्ने थलो रहेको बताउदै जेन्जी पुस्ताको २३ र २४ गतेको आन्दोलन र तोडफोडमा विदेशी शक्तिहरुको घुसपेठ हुन सक्ने चर्चा गर्द सर्वोच्च अदालत , संसद र सिहदरबार लगायत अन्य सार्वजनिक सम्पतिको तोडफोडले नेपालको आर्थिक अवस्था धेरै पछि धकेल्न सक्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारीको सम्पति तोडफोड मात्र नगरी भ्रष्टाचारीलाई फासि दिनुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्याका सचिव राजन जतिले तःमुंज्याको तयारी र गतिविधीबारे जानकारी गराउनु भयो । कार्यक्रमका सभापति पैतालिसौ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष रविन्द्र खर्बुजाले असोज १८ र १९ गते हुने नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडानं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, आयोजक समितिका सदस्यहरु गणेश प्रसाद सुवाल र अजेन्द्र लघुले पनि ४५ औं तःमुंज्या सफल पार्न सहयोगका लागि अपिल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here