भक्तपुर, असोज ११ ।
जगाती स्थित सुकुन्दा बचत तथा ॠण सहकारी संस्था लिमिटेडको आयोजनामा विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा शिक्षा शिविर कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजभाई माकले वर्तमान समयमा सहकारीहरु दिनप्रतिदिन बदनाम हुँदै गएकोले सहकारीकर्मी सचेत हुनुपर्ने र नेपाल सरकारले ल्याएको सहकारी सम्बन्धि नितिले सहकारीलाई संकुचन गरेको बताउनुभयो ।
संस्थाका व्यवस्थापक सानुकाजी चिकबन्जारले सुकुन्दा साकोस २०६४ कार्तिक ३० गते स्थापना भएको जानकारी दिदै संस्थाले न्यून आएका भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको र हाल सहकारीले ३५ करोड कारोबार गर्न सफल भएको बताउनुभयो ।
उहाँले संस्थाले प्राधिकरणको नियम पालना गर्दै आएको र सहकारी संस्थाले ॠण लगानीमा विशेष ध्यान दिनुपर्ने र यसो गर्दा संस्था नडुब्ने बताउनुभयो । साथै एक फरक प्रसङ्गमा उहाँले एक सहकारी एक सदस्य व्यवहारिक रुपमा कठिन भएको पनि बताउनुभयो ।
संस्थाका सचिव सुर्यराम त्वानाबासुले अहिले सहकारीकर्मीको पीडामा रहेको बताउदै राजनैतिक संरक्षणको आडमा जनताको रकम अपचलन र हिनामिना भैरहेको बताउनुभयो । सरकारले जनताको रकम बचत फिर्ताको लागि पहल गर्नुपर्ने र सरकारले बचतको प्रत्याभुती गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने र प्राधिकरणले लागू गरेकोले सहकारीलाई व्यवहारिक रुपमा अगाडि बढाउन कठिन हुने गरेकोले सहकारीकर्मी बिच ब्यापक छलफल गरि परिमार्जन गर्नुपर्ने कुरामा जोड दिनु दिनुभयो । सहकारी मूल्य मान्यताका आधारमा सहकारी निर्देशिका बमोजिम मस्यौदा लेखनको तयार भैरहेको जानकारी दिदै संस्थाले यस वर्ष १० प्रतिशत लाभांस वितरण गरिएको बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष सानुकाजी त्वानाबासुले वर्तमान समयमा सहकारीका नियम, ॠण तथा बचत, बारे सधै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले प्राधिकरणले जारी गरेको सहकारी सम्बन्धि नियमहरु जानकार लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव कवां, कोषाध्यक्ष श्रीकृष्ण गोसाई, लेखा सुपरिवेक्षण समितिका संयोजक श्याम प्रसाद कोजु, शिक्षा उप समितिका सदस्य सेरिज चिकबन्जार, शिक्षा उप समितिका संयोजक निर्जला प्रजापति, जीवन सुवालले पनि बोल्नुभएको थियो ।
संस्थाको १८ औं साधारण सभा कार्तिक १५ गते हुने आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















