गाइजात्रामा ४५ औं तःमुंज्याको आयोजना समितिले निकाले ब्यँगात्मक प्रस्तुति

0
244

गाइजात्रामा ४५ औं तःमुंज्याको आयोजना समितिले निकाले ब्यँगात्मक प्रस्तुति
भक्तपुर, साउन २५ ।
४५ औ( पिङाकगु ) नेपाल भाषा साहित्य तःमुंज्याको आयोजना समिति(ग्वसाखल) को अगुवाईमा गाइजात्रा महोत्सव २०८२ मा शनिबार ब्यँगात्मक साँस्कृतिक झाँकी,कार्टृुन र प्लेकार्ड प्रदर्शन र प्रहशन गरी भक्तपुर नगर परिक्रमा गरियो ।
कार्यक्रममा इजरायल इरान युद्ध, अमेरिकाद्धारा इरानको परमाणु भण्डार क्षेत्रमा गरिएको हवाइ आक्रमण र सार्वभौमिकताको उलंघन र इजरायलले विगत तीन बर्ष देखि प्यालेस्टीनी जनता माथि गरिएको अमानवीय हवाई हमला र युद्ध , रुस युक्रेन युद्धमा नेटो र अमेरिकाले युक्रेनको पक्षमा लडिरहेको छद्मभेषी युद्धबारे ब्यँगात्मक प्रस्तुति देखाएको थियो । साथै नेपालको राजनीतिमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको ओली सरकार, पानी जहाजको हावादारी कुरा र पतंञ्जलीको जग्गामा पुर्व प्रम माधव नेपाल गरिएको अनियमितता र सहकारीमा गरिएको ठगिबारे पनि झाँकी मार्फत पर्दाफास गरिएको थियो ।
कार्यक्रम धा बाजा सहित नगर परिक्रमा गरिएको थियो । नगर परिक्रममा युवा, विद्यार्थी, महिला, किसान, मजदुरको उल्लेखिए सहभागिता रहयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here