निश्चित उमेर समूहका जेष्ठ नागरिक, एकल महिला, आर्थिक रुपले विपन्न, अशक्त र असहाय, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट सञ्चालित गैर योगदानमुलक कार्यक्रम नै सामाजिक सुरक्षा कार्यक्रम हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले जुनसुकै समयमा आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ को अनुसूची १ बमोजिमको तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।यसरी निवेदन दिएका योग्य लाभग्राहीले निवेदन दिई निवेदक उपर छानविन भई प्रणालिमा प्रविष्ट भएको अर्को महिनाबाट भत्ता प्राप्त गर्न सक्दछन्।
सरकारले सामाजिक सुरक्षा भत्ता प्रत्येक ३-३ महिनामा वितरण गर्दै आइरहेको छ । सामाजिक सुरक्षा भत्ता हरेक आर्थिक वर्षको पहिलो त्रैमासिक असोज, दोस्रो त्रैमासिक पुस, तेस्रो त्रैमासिक चैत र चौथो त्रैमासिक असारमा वितरण हुदैं आइरहेको छ ।
सामाजिक सुरक्षा भत्ता दर यस्तो रहेको छ ।



















