जनगणना तथ्यांकमा छुटे ७ लाख ७१ हजार ९९८ नागरिक

0
136

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ सालमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। गणना जाँच सर्वेक्षण २०७८ ले राष्ट्रिय जनगणना २०७८ को गणानामा २.५८ प्रतिशत (Net Coverage Error)अर्थात ७ लाख ७१ हजार ९ सय ९८ जना मानिसहरु गणनामा छुटेको देखाएको छ । छुट भएको वा थपघट भएका जनसंख्या समायोजन गर्ने चलन कतै पनि रहेको छैन । त्यसैले औपचारिक रुपमा नेपालको जनसंख्या मूल प्रतिवेदनमा नै उल्लेख भएअनुसार दुई करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुनेछ । यद्यपि, योजना निर्माण गर्दा वा जनसंख्याको भविष्यको प्रक्षेपण गर्दा भने छुटेको जनसंख्या जोडेर त्यो तथ्यांक प्रयोग हुन सक्छ । ५ प्रतिशतसम्म खुद छुट दरलाई सामान्य मान्ने अन्तर्राष्ट्रिय चलन भए अनुसार यस पटकको जनगणनामा देखिएको २.५८ प्रतिशतको खुद छुटदर निकै सामान्य नै मानिन्छ ।
नेपालमा यसअघिका जनगणनामा व्यक्तिको गणना खुद छुटदर उच्च रहे पनि यो दर क्रमिक रुपमा घट्दै गएको छ । विगतको जनगणना २०४८ मा ११.० प्रतिशत २०५८ मा ५.३ प्रतिशत र २०६८ मा ३.६ प्रतिशत रहेको थियो । यसअघिका जनगणनाका खुद छुटदर सार्वजनिक गरिने गरिएको थिएन। यो पटक भने पारदर्शिताका लागि सार्वजनिक गरिएको हो। यसले उत्तरदता र सम्बन्धित निकायहरुलाई अझ होसियार हुन अर्थात जनगणनामा सहभागिता बढाउन संकेत गरेकोछ । जनगणनामा सहभागिता दर करिव ९७ प्रतिशत रहेको छ ।
अमेरिकामा सन् २०२० मा भएको जनगणनामा करिव ८ लाख मानिसहरु खुद छुटेका थिए । सन् २०१० मा भारतमा करिव २ करोड ८० लाख (Coverage Error 2.3%)मानिसहरु खुद छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here