२०८१ साउन ११ गते आइतबार
भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई थेरापी सामग्री हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भयो । नगर प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित पाँचवटा स्वास्थ्य केन्द्रलाई थेरापी मेसिन हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिको पनि समाजमा समान ढंगले बाँच्नुपर्छ भन्दै स्वास्थ्यमा सहज पहु“च प्रदान गर्न स्वास्थ्य सामग्री सहयोगको रूपमा हस्तान्तरण कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
ख्वप अस्पतालले गत आ.व.मा २ लाख ८८ हजारभन्दा बढीलाई सेवा गरेको जानकारी दि“दै प्रमुख प्रजापतिले अस्पतालमा देशैभरिका नागरिकले सेवा लिइरहेका छन् भन्नुभयो ।
शिक्षा र स्वास्थ्य निःशुल्क गरेको भए भ्रष्टाचार स्वतः हट्दै जाने धारणा राख्दै उहा“ले सरकारी सेवा गुणस्तरीय बनाउने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
जनतालाई समान ढंगले सेवा प्राप्त गर्ने अधिकार सुनिश्चितता गर्न लागिपरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भनपाले समाजवादी विचारबाट प्रभावित भई जनताको सेवा गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपाका उपप्रमुख रजनी जोशीले अपाङ्गता भएका व्यक्तिहरूको सहजताको लागि थेरापी मेसिन वितरण कार्यक्रम राखिएको बताउ“दै भनपाभित्र अपा·ता भएका ६८८ जना रहेको जानकारी दिनुभयो ।
शारीरिक अशक्तहरूलाई सरकारले विशेष सुविधाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै उहा“ल आगामी दिनमा पनि आवश्यकताअनुसार स्वास्थ्य सामग्री सहयोग गर्दै जाने बताउनुभयो ।
भनपा वडा नं. १ वडाध्यक्ष श्यामकृष्ण खत्रीले अपा·ता भएका व्यक्तिलाई घरदैलो गरी परिचयपत्र प्रदान गर्ने कार्यक्रम अगाडि बनाउने योजना रहेको बताउनुभयो ।
भनपाद्वारा सञ्चालित पा“चवटा स्वास्थ्य केन्द्रलाई यूएस मसाजर, फिजियो बल, थेरा ब्रान्ड, ह्यान्ड ग्रिपर, वाहकर, क्रुत्येस, ट्रली लकर र वेट कफ गरी १० किसिमका सामग्री सम्बन्धित वडाध्यक्षमार्फत वितरण गरिएको थियो ।
कार्यक्रममा डा. रत्नुसन्दर लासिवाले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएकाहरूलाई थेरापी सामग्री हस्तान्तरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
RELATED ARTICLES