भक्तपुर । नेपालकै लामो जात्राको रूपमा मानिने नवदुर्गा देवगण जात्राको परम्पराअनुसार सोमबार नवदुर्गा द्योछेमा खम्ये (राँगो) भित्र्याइएको छ । उक्त खम्ये गठेमङगल पछि मन्दिरको मूल पुजारी नकींले विशेष पूजा गरेर खम्ये नवदुर्गा द्योछँमा भित्र्याउने चलन रहदै आएको छ
खम्ये मन्दिरमा भित्र्याएपछि मन्दिरभित्रै पालेर खानपिन र उचित सरसफाइको व्यवस्था गरिएको हुन्छ । उक्त काम यस वर्षको देवगण पालो हुने परिवारबाट हुन्छ ।

खम्ये सिङ घुमेको, कालो रंगको,शरीरमा दाग या चोटपटक नलागेको र खम्येको पुच्छर घुँडाबाट तलसम्म पुग्नुपर्ने लक्षण रहेको छान्नुपर्ने हुन्छ ।
यस वर्षको लागि खम्ये खोटाङको चुइचुम्मा गाउँपालिका घर भई हाल ललितपुरमा बस्दै आएका अरुण राईले खम्ये चढाएका हुन्। उनले बनेपाका देवीप्रसाद ढुंगेलले ३ वर्षदेखि पालेको निख्खर कालो र ठूलो राँगो एक लाख २० हजार रुपैयाँमा किनेर चढाएको जानकारी दिए। खम्येको नाम खतरा राखिएको बताइएको छ ।
खम्ये जात्रा (Khame Jatra)
मोहनी नखा:(दशै) को नवौ दिन अर्थात महा नवमीका दिन भक्तपुरमा मनाइने जात्रालाई खम्ये जात्रा भनिन्छ । यस दिन खम्ये (दानव राँगो) अर्थात कुनै सेतो दागहरु नभएको, पुर्णरुपमा कालो राँगो जुन नवदुर्गा भवानीलाई चढाएको हुन्छ, जसलाई दानव महिषासुरको रुपमा लिइन्छ को जात्रा गर्ने गरिन्छ । यस दिन खम्येलाई अबिरले दलेर, तन्न रक्सी खुवाएर लठ्याई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर नवदुर्गा घरबाट दत्तात्रय हुन्दै ब्रम्हायणी सम्म दौडाएर जात्रा गर्ने गर्दछ । यो जात्रा हेर्न हजारौ ब्यक्तिहरु त्यस परिसरमा उपस्थित हुने गर्दछन ।
खम्ये जात्राको भिडियो हेर्नुस् ।
photo: Devendra Prajapati


















