भक्तपुरमा भूमिगत तार बिछ्याउँदा सडक भासियो, स्थानीय हैरान

0
451


भक्तपुर, साउन ६ ।
नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युत लाइन बिछ्याउने क्रममा जथाभावी रूपमा सडक खन्दा भक्तपुरको तुमचोदेखि कमलविनायक जाने सडक खण्डमा सडक भासिएको भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभएको छ ।
सडक भासिँदा स्थानीय यातायातमा समस्या भएको छ भने सर्वसाधारणलाई आवतजावतमा समेत कठिनाइ भएको छ। सडक भासिएको स्थानमा ठेकेदारले उक्त स्थानमा मर्मत कार्य भोलि विहानदेखि सुरू गरिने आश्वासन दिएका छन्।
स्थानीयवासीहरूले यस्ता विकास निर्माणका काम गर्दा आवश्यक सुरक्षा उपाय र योजना अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here